विष्णुप्रसाद काफ्ले
जुनसुकै परिवर्तन
अर्थात् रुपान्तरण या क्रान्ति
कसैलाई पर्खेर, सम्झेर
खास कसैको आश गरेर
या केही अपेक्षा गरेर सम्भव हुँदैन
र कसैसँग डराएर या धकाएर पनि हुँदैन
किनकि परिवर्तन मात्र एक सत्य हो ।
देउरालीको ढुङ्गो रुघेर
या तितेपातीले पुजेर मात्रै
चुलिमा पुगिँदैन
पसिना काँडेरै भएपनि
उकाली चढ्नु पर्छ
गाग्रीको मुखमा छान्ने राखेर मात्र
कदापि सम्भव छैन अब
मुहान नै सफा बनाउन जुट्नु पर्छ
साँच्चै परिवर्तन गर्ने हो भने
आम जनताको मुहारमा
खुशी भर्ने हो भने
अब जनताले नै राजनीति गर्नु पर्छ ।।
प्रतिक्रिया