बापू र दोर्जेलिङ्ग

सोमबार, १५ असोज २०८०
नीरा सुब्बा
जब रेलको लिकको विपरीत केही थिएन
भीर थियो ,जंगल थियो ,मंगल थियो ,शान्ति थियो ,
शायद त्यसबेला बापूजीले सर्वत्र शान्ति देख्यो
अनि गर्यो होला पैदल यात्रा !
सुधो ससांर ,अहिंसाको लाटो अनुहार देख्यो होला ।
सतही सुन्दर दार्जीलिङ हराभरा ,
मन्त्रमुग्ध पक्कै भयो होला बापूजीको मन ।
कतैबाट नछेलिएको कंचन कति सुन्दर देखिए होला !
बिस्तारै समय बद्लियो ,
हराभरा ठाउँहरू पक्काका तले घरहरुले भरिए ,
सिमधापहरू सोसिदै गए ।
कंचन छेलिदैं गयो ।
बापूको मरण नाथुराम गोडसेको हातबाट भयो ,
सोच्दै नसोचेको कुराले इतिहासमा स्थान पायो ।
हामी हाम्रै नाथुरामहरूबाट अझसम्म
कतिपल्ट जिउँदै मृत्युवरण गर्दैछौ ,
आफ्नु जातित्वको मुद्धालाई खरानी बनेर उडेको हेर्दै ।
बापूले टेकेको यो धर्तीले उन्मुक्तिको सपना साँचेर झुलेको
कैयौं वर्ष बितिसके पनि ,
हामी गोर्खाको सपनाले उडानमात्र भरिरहेछ ,
ठोस धरती टेक्न पाएकै छैन ।
बलियो सहारा पाएकै छैन ।
(महात्मा गान्धीलाई हार्दिक श्रद्धान्जलीसहित ) ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार