६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २८ वर्षीय शेर्पा पक्राउ

शुक्रबार, १५ पुस २०७९
सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का २८ वर्षीय साङ्गे शेर्पा रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ गार्माकी ६ वर्षीया बालिकालाई हिजो बिहीवार करणी गरेको अरोपमा शेर्पालाई शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए । बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार