सरकार सहभागिताबारे निर्णय गर्न नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

शनिबार, १६ पुस २०७९
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले पार्टीको सरकारमा सहभागिताबारे छलफल हुने बताइएको छ । उक्त छलफलले नै सरकार सहभागिताको निर्णय लिने नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी दिए। निर्वाचनको समीक्षा, विकास राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका र सरकारलाई समर्थन गर्नेबारे बैठकले निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमालेका नेताहरुले छुट्छुट्टै पहल गरिरहेका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार