ताप्लेजुङ, असोज / ताप्लेजुङ जिल्लाका सहयक प्रमुख जिल्ला अधिकारी तथा साहित्यकार टङ्क भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ नामक उपन्यास विमोचन गरिएको छ । सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रमबिच उपन्यासको सार्वजनिक गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गामले संयुक्त रुपमा उपन्यासको सार्वजनिक गरेका हुन् ।
काठमाडौंको बुढानिलाकण्ठ घर भएका साहित्यकार एवम् उपन्यासकार भट्टराईको यो उपन्यास तेस्रो कृति हो । ताप्लेजुङमा प्रशासनको क्षेत्रमा कार्यरत साहित्यकार भट्टराईले आफु जुन ठाउँमा कार्यरत रहिन्छ सोही ठाउँबाट कृति उपन्यास सार्वजनिक गर्ने गरेको बताए ।आफ्नो योजना अनुसार छोटो समयभित्रै कृति मुद्रणको कार्य सम्पन्न गरी हाल कर्यारत भएको जिल्ला ताप्लेजुङबाट नै उपन्यासको सार्वजनिक गर्न सफल भएको उनले बताए । उपन्यासका विषयमा ताप्लेजुङबासीको तर्फबाट प्राप्त गरेको सकारात्मक सुझाव, हौसला र प्रसंसाप्रति आभार पनि व्यक्त गरे । उपन्यासभित्र विभिन्न ५२ वटा खण्डमा छुट्टाछुट्टै कथा तथा विषयवस्तु समेटिएको छ । उपन्यास २४५ पृष्ठको रहेको छ ।
प्रतिक्रिया