काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले, रचना गरेको ‘साम्यवाद’ बोलको गीत सार्वजनिक भएको छ ।
नेपालमा पुँजीवाद होइन, समाजवाद र साम्यवाद चाहिन्छ भन्ने भावमा रचिएको गीत आज काठमाडौंको बानेश्वरमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
नेकपाका कै नेता चिरन सीको संगीत रहेको गीतमा चिरन सी,कर्ण विद्रोही,रमण थामी,लक्ष्मण सी,प्रगति महरा,सारदा रसाईली र शुशिला सीको स्वर सुन्न सकिन्छ ।
कार्यक्रममा प्रकाण्डले, आफूले पहिल्यैदेखि गीत लेख्ने गरेको र अहिले यो गीत ल्याउन सफल भएको बताए ।
यो गीत नेपालका प्रगतिशील र क्रान्तिकारी गीत मध्यको पछिल्लो समयको निकै समय सान्दर्भिक गीत हुने रचनाकारले विश्वास गरेका छन ।
गीतको एरेन्ज नारायण दङ्गाल र मिक्स मास्टरिङ्ग महेस्वरमान राजभण्डारीले गरेका हुन्।
प्रतिक्रिया