विराटनगरमा दोस्रो सडक महोत्सव हुने भएको छ । आगामी माघ १२ गते देखि १४ गतेसम्म स्थानीय हिमालय रोडमा सडक महोत्सव हुने भएको हो ।
ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पीढीमा समेत पुस्तान्तरण गर्ने उद्धेश्यले यस मन्जिना मुभिज क्रिएशनले पछिल्लो केही वर्ष यता विभिन्न जातजातिका खानाका परिकार र सांस्कृतिक कार्यक्रमसहितको विराट सडक महोत्सव आयोजना गर्दै आएको छ ।
सोही कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिदै हिमालय रोडमा सडक महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवमा ३० वटा विभिन्न जातीका खानाका स्टल रहने र आफ्नै सस्ंकृति, परम्पराको प्रबद्र्धन गर्दै राजवंशी, मैथिल, लिम्बु, नेवार लगायत अन्य जातजातीका सांस्कृतिको प्रस्तुती, दैनिकी सांगीतिक कार्यक्रम र विभिन्न जातिका खानाका परिकार विराट सडक महोत्सवका मुख्य आकर्षण रहने आयोजक मन्जिना मुभिज क्रिएशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।
प्रतिक्रिया