५० मुरीभन्दा धेरै धान फलाउने किसानलाइ पुरस्कार दिइने

शनिबार, ०९ मंसिर २०८०
पाँचथर मंसिर : फाल्गुनन्द गाउँपालिकाले ५० मुरी भन्दा धेरै धान फलाउने कृषकलाई नगद पुरस्कार दिने भएको छ । गाउँपालिकाले एक सय मुरीभन्दा धेरै धान फलाउनेलाई नगद ५० हजार र ५० मुरीदेखि एक सय मुरीसम्म फलाउनेलाई ३० हजार रुपैयाँ नगदसहित पुरस्कृत गर्ने नीति सार्वजनिक गरेको हो । फाल्गुनन्द गाउँपालिका ‘धान उत्पादन कृषक प्रोत्साहन कार्यविधि (२०८०’ पारित गरे सँगै किसानलाई प्रोत्साहन गर्ने भएको हो । गाउँपालिकाले यसै आर्थिक वर्षदेखि किसानलाई पुरस्कार दिने निती ल्याएको हो ।   सोही जिल्लाको मिक्लाजुङ गाउँपालिकाले किसान प्रोत्साहन कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार