स्कुल बस दुर्घटना हुँदा उदयपुरमा तीन जनाको मृत्यू

शनिबार, ०९ मंसिर २०८०
उदयपुर, मंसिर : स्कुल बस दुर्घटना हुँदा उदयपुरमा तीन जनाको मृत्यू भएको छ । त्रियुगाको अन्नपुर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अँधेरीमा पल्टिँदा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।   ज्यान गुमाउनेहरुमा बसका चालक ४० वर्षका भिखन चौधरी, ६ वर्षकी सम्या चौधरी र ७ वर्षका विकास चौधरी रहेका जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १२ जनालाई थप उपचारको लागि विराटगर पठाएको छ ।   बसमा रहेकामध्ये अरु ३२ जना केही सामान्य घाइते भएर जिल्ला अस्पतालमा उपचार गराइरहेको र केही घर फर्किएको जनाइएको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार