इलाम, मंसिर : इलामको देउमाई नगरपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । सो क्षेत्रमा प्रभावकारी एम्बुलेन्स नभएका कारण नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको हो ।
नगरवासीको सहजताका लागि एम्बुलेन्स सुरु गरिएको प्रमुख सूर्य पोख्रेलले बताए ।
उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा खरिद गरेका भाइब्रेटर, ब्याक हो लोडर, र रोलर पनि सञ्चालन गरेको छ ।
हाल सो नगरपालिकाको प्रशासकिय भवन समेत निर्माणाधिन अवस्थामा रहेको छ ।
प्रतिक्रिया