इलाम मंसिर : प्रथम देउमाई नगर वडा स्तरिय पुरुष फुटवल प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्वर तीन फराकिलो अन्तरका साथ विजयी भएको छ । वडा नम्बर पाँचलाई दुईका विरुद्ध सात गोल गर्दै वडा नम्बर तीन दोस्रो चरणमा प्रवेश गरेको छ ।
जीतका लागि खेलाडी पंकज खड्काले एक्लै चार गोल गरेका थिए ।
टीम क्याप्टेन बिमन ढकाल, युवराज सुनुवार र अनिल राईले थप एक एक गोल गर्दै गोलको संख्या सात पुर्याएका थिए ।
वडा नम्बर पाँचका तर्फबाट न्यौसन लिम्बुले एक्लै दुई गोल गरेका थिए ।
खेलको म्यान अफदि म्याच पंकज खड्का घोषणा भए ।
शनिबारदेखी सुरु भएको प्रतियोगिताको फाइनल खेल १६ गते हुने जनाइएको छ ।
नेपाल तरुणदल देउमाई नगर कार्य समितिको आयोजना तथा जिल्ला फुटबल संघ इलामको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । प्रथम हुने टीमलाई नगद ५१ हजार एक एकाउन्न सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
दोस्रो हुने टीमलाई नगद ३१ हजार एक सय ३१ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद समिति अध्यक्ष बिनम ढकालले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्न नेपाल तरुण दलका केन्द्रीय सदस्य जनकराज तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको थियो ।
उनले खेलको माध्यमबाट युवाहरु एकिकृत गर्न पनि प्रतियोगिताले सहयोग पुग्ने बताए ।
भावनात्मक युवालाई जोड्ने र देश विकासमा युवालाई लगाउन सहज हुने उनको भनाई छ ।
उद्घाटन कार्यक्रम नेपाल तरुण दलका देउमाई नगर समिति अध्यक्ष बिमल खम्बुको अभ्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस देउमाई सभापती दिलिप कार्की लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया