देउमाई वडा स्तरिय फुटबल : वडा नम्बर एक र आठ बिजयी

आइतबार, १० मंसिर २०८०
इलाम मंसिर : प्रथम देउमाई नगर वडा स्तरिय पुरुष फुटवल प्रतियोगिता अन्तर्गत दोस्रो दिन दुईवटा खेल भएका छन् । आइतबार भएको खेलमा वडा नम्वर एक र आठ बिजयी भएका छन् । पहिलो खेलमा वडा नम्बर आठले वडा नम्बर दुईको बी लाई दुई शुन्य गोल अन्तरले पाखा लगाएको छ । जितका लागि वडा नम्बर आठका खेलाडी रुपेन तामाङ दई गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच हेम राई भएका थिए । दोस्रो खेलमा वडा नम्बर एक बिजयी भएको छ । वडा नम्बर एकले वडा नम्बर सातलाई शुन्यका बिरुद्ध चार गोल गरेको थियो । बिजयी टीमको तर्फबाट रबिन राईले एक्लैले चार गोल गरेका थिए । खेलको म्यान अफदि म्याच पनि उनै घोषित भएका थिए । सोमबारको पहिलो खेल वडा नम्बर छ र तीनको बी बिच प्रतिष्पर्दा हुने आयोजक नेपाल तरुण दलका खेल संयोजक बिमन ढकालले जानकारी दिए । उनका अनुसार दोस्रो खेल वडा नम्बर दुईको ए र वडा नम्बर नौ बीच प्रतिष्पर्दा हुने भएको छ । शनिबार देखी सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल १६ हुने जनाइएको छ । नेपाल तरुणदल देउमाई नगर कार्य समितिको आयोजना तथा जिल्ला फुटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ । दोस्रो दिनको खेलमा प्रमुख अतिथिका रुपमा संविधान सभा सदस्य नरेन्द्रकुमार कुमाल रहेका थिए ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार