सडक निर्माणले खानेपानी आयोजना आपुर्ति बन्द, नगरपालिकाले थाल्यो पहल

सोमबार, ११ मंसिर २०८०
इलाम,  मंसिर   : बिकास हुन पहिला बिनास त हुन्छ नै तर दिर्घकालिन असर पुग्ने खालका बिनास रोकेर विकासलाई अगाडी बढाउनु पर्दछ । सडक निर्माण गर्दा इलाम बजारमा आउने खानेपानी आपुर्तिमा नै समस्या आएको छ । केचना कंचनजंगा सडक अन्तर्गत सन्दकपुर गाउँपालिकाको कोइराले क्षेत्रमा सडक विस्तार गर्दा खानेपानीको पाइपलाइन विग्रीएपछि इलाम नगरपालिका क्षेत्रमा गिताङ खोलाबाट आउने खानेपानि सप्लाई बन्द भएको हो । खानेपानी सप्लाई बन्द भएपछि इलाम बजारमा पानी सप्लाई कम भएको छ । इलाम नगरपालिकामा साना शहरी खानेपानी अन्तर्गत एडिबीको लगानीमा पानी आउने गरेको छ । तर गिताङ खोलाबाट आएको पानी इलाम बजारमा आएको पानी मध्ये पुरानो खाने पानी आयोजना हो । यो एडिबिको लगानीमा आएको खानेपानी हैन । इलाम नगरपालिकाकै लगानीमा आउने यो खानेपानी गएको असार यता नै बिभिन्न समयमा गएको पहिरोका कारण सञ्चालनमा समस्या भइरहेको छ । नगरपालिकाले बिभिन्न समयमा मर्मत गर्दै खानेपानी पाईप माथी उचाल्ने काम भइरहेको छ । तर पाइप बढि उचालेपछि मुहानबाट पानी तान्न नसकेपछि खानेपानी आउन नै छोडेको छ । सडक निर्माणका क्रममा करिव पाँच सय छिटर क्षेत्रमा पहिरो खसेका कारण समस्या भएको छ । पटक पटक मर्मत गर्दा पनि पहिरो नरोकिएका कारण समस्या बढेको नगरपालिकाले जनाएको छ । इलाम नगरपालिका प्रमुख केदार थापाले सडक खन्दा समन्वय नभएका कारण समस्या आएको भन्दै इलाममा रहेको संघिय तथा प्रदेश खानेपानी कर्यालय, जिल्ला प्रशासन, सडक डिभिजन कार्यालय लगायतसँग छलफल सुरु गरेका छन् । मेची कोरीडोर अन्तर्गत पर्ने सडकको ठाडे खोला मुहानबाट आउने खानेपानी पाइपलाईन पनि सडक विस्तारका क्रममा विग्रीएको छ । अस्थायी रुपमा नगरपालिकाले ठाडेखोलाको पानी जोडेको छ । गिताङ खोलाको पानी आपुर्ति बन्द भएपछि सुख्खा याममा ठाडेखोला, मेवा खोलाको आपुर्तिले मात्र धान्न नसक्ने र ठूलो पहिरोले जोखिममा परेको पाइपलाइन मर्मतमा समस्या रहेको इलाम नगरपालिकाले जनाएको छ । खानेपानी आपुर्ति बन्द भएपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वदलिय बैठक मार्फत सडकमा रहेको अवरोध हटाउने र निर्माण कार्य निरन्तर गर्ने निर्णय नै गरेका थिए । डिभिजन सडक कार्यालय प्रमुख सरला न्यौपानेले पनि उक्त क्षेत्रको निरिक्षण गरी खानेपानी आपुर्तिका लागि पाइपलाइनमा पर्ने क्षेत्रमा पहिलो प्राथमिकता दिएर काम गर्ने जनाएका छन् ।   नगरले समेत पाइपलाईनलाई सुरक्षित रुपमा जडान गर्ने गरी काम थालेको हुँदा केहिदिनमा खानेपानीको अवरोध हट्ने बताइएको छ । खानेपानी पाइपलाइनलाई हाल अस्थायी रुपमा सुरक्षित गरी ल्याउने र सडकको क्षेत्रमा नाली र ग्यावियन पर्खाल निर्माण गरेर सुरक्षित पार्ने सहमति भएको बुझिएको छ । यता इलाम नगरपालिकाले सडक विस्तारका क्रममा खानेपानी आपुर्तिमा अवरोध भएकाले उक्त पुननिर्माणमा सडकले बजेटको व्यवस्था गर्नुपर्ने बताउँदै आएको छ । उक्त पाइपलाइन एडिबि भन्दा फाल्टै पुरानो पाइपलाइन भएकाले नगरमा पाइपलाइनको दाहोरो व्यवस्थापन खर्च अभाव भएको बताएको छ । यो अवरोध हटाउन पहल सुरु गरेको इलाम नगरपालिकाका अध्यक्ष केदार थापाले बताए । हाल सो क्षेत्रमा माईभगवती निर्माण कम्पनीले सडक निर्माणको काम गरिरहेको छ । सडक निर्माण गर्दा पहिरो झरेर सो क्षेत्रबाट आउने खानेपानी सञ्चालनमा कठिनाई हुँदै आएको छ । तत्काल सम्वन्धित पक्षको समव्नयमा सो खानेपानी आपुर्ति हुन जरुर छ ।  

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार