रुस–युक्रेन बिचको युद्धमा इलामका गंगाराजको मृत्यु

बुधबार, १३ मंसिर २०८०
टीका खतिवडा इलाम, मंसिर : बैदेशिक रोजगारीका लागि नेपाली बिभिन्न मुलुक पुग्ने गरेका छन् । घरपरिवारको रिण तिर्न र पैसा कमाएर सुखी जिवनयापनको सपना बोकेर इलामका गंगाराज मोक्तान समेत बैदेशिक रोजगारीमा गए । चार वर्ष अघि दुबै गएका उनी उतैबाट दुई महिना अघि रुस छिरे । दुबैको कमाइभन्दा बढि कमाउने लोभले दुबैबाट नै गंगाराज पनि रुस छिरेका थिए । नेपाली रकम मासिक एक लाख ९५ हजार माथी कमाई हुने भएपछि उनी पनि सो देश छिरेका थिए । तर दुबैबाट रुस गएका उनले दुई महिनामा न परिवारलाई पैसा पठाए, न जिवित शरिर पर्काउन नै सक्ने भए । उनको परिवारले एक्कासी गंगाराजको मृत्युको खबर सुने । इलाम नगरपालिका ९ एयरपोर्ट मुनी घर भएका गंगाराजको रुस–युक्रेन बिचको युद्धमा ज्यान गएको हो । नेपाली राजदूताबास मस्को अन्तर्गतको कन्सुलर सेवा बिभागले जारी गरेको सूचना अनुसार गंगाराजको मृत्यु भएको बताइएको छ ।   गंगाराजको इलाम स्थित घर   गंगाराज करिब दुई महिनाअघि रुसी सेनामा भर्ती भएका थिए । गंगाराजको गएको जुलाई १५ मा मृत्यु भएको दूतावासले जारी गरेको पत्रमा उल्लेख छ । गंगाराजसँगै दोलखाका राजकुमार रोका र स्याङ्जाका प्रितम कार्कीको समेत मृत्यू भएको दूतावासको पत्रमा उल्लेख छ । अन्तिम पटक श्रीमती याङ्गिला शेर्पासँग नोभेम्बर १२ मा कुरा भएको थियो । गंगाराजकी श्रीमती याङ्गिलाका अनुसार आफु सात दिन युद्धमा गएको र अब पठाए पुन जानु पर्ने भनेर छुटेका थिए । उनी नेपाली शेनाको जागिर छोडेर बैदेशिक रोजगारीमा गएका थिए । घरमा गंगाराजकी श्रीमती र उनका छोरा पाल्देन बस्दै आएका थिए । श्रीमती याङ्गिला शेर्पा र सात वर्षका छोरालाई श्रीमान र बुबाको मृत्यूले नराम्रो चोट पुगेको छ । ७० वर्षिय बुबा कृष्णबहादुर र ६२ वर्षिय आमा सन्तमाया समेत छोराको मृत्यूले भावबिभोल भएका छन् । बुबा सन्तबहादुरले भने ‘कमाउन भनेर गएको थियो, मर्न भनेर त गएको होइन नि’ । जेठो छोरा समेत सानै उमेरमा बितेको बुबा सन्तबहादुरले बताए । गंगाराज उनका कान्छा सन्तान हुन् । माइला छोरा समेत बैदेशिक रोजगारीमा नै गएको बताइएको छ । त्यसपछि गंगाराजसँग कुनै सम्पर्क हुन नसकेको श्रीमतीको भनाई छ । वडा कार्यालय मार्फत जानकारी आएको उनले सुनाइन् । त्यसपछि बिभिन्न सामाजिक सञ्जाल मार्फत समेत श्रीमानको मृत्युबारे थप जानकारी प्राप्त भएको उनले सुनाइन् । आफुलाई नियम र कानुन समेत धेरै थाहा नभएकाले घरसम्म शव ल्याउन पहल गरिदिन आग्रह गरेकी छन् । इलाम नगरपालिका वडा ९ का वडाध्यक्ष गोपाल चौहानले गंगाराजको शव घर ल्याउन वडाले सकेसम्म पहल गर्ने बताए । उनले हालसम्म समेत आफुहरुले सहयोग गर्दै आएको र मिल्न सकेसम्म सहयोग गर्ने बताएका छन् ।  

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार