पहिचानबादीद्वारा गरिएको बन्द फिर्ता

विहीबार, १४ मंसिर २०८०
इलाम :  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता गरेका छन् । मंगलबारबाट लागु हुने गरी अनिश्चितकालका लागि घोषणा गरिएको मेची राजमार्ग बन्द र फुङलिङ बजार बन्द बिहीबारबाट फिर्ता भएको छ । संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका आन्दोलनरत पक्षका युवाद्वय बिपिन कंलिबा र आनन्द कंलिबा बिना सर्त सहित रिहा भएपछि आन्दोलन फिर्ता लिइएको जनाएको छ । गत मंसिर १० गते आन्दोलनमा संलग्न भएकामध्ये कंलिबाद्वयलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धानलाई अघि बढाएपछि तत्काल रिहाईको माग गर्दै संघर्ष समितिले आन्दोलनको घोषणा गरेको थियो ।   ‘दुई दिनको प्रभावकारी मेची राजमार्ग, तमोर करिडोर मुलघाट, लाबरबोटे मार्ग र सदरमुकाम फुङलिङ बन्दपछि २०८० मंसिर १३ गते रातिदेखि आन्दोलनरत संयुक्त संघर्ष समिति, जिल्ला प्रशासन, प्रहरी प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरुको सहमतिपछि पक्राउ परका योद्धाहरु रिहाइ भएपछि मेची राजमार्ग र सदरमुकाम बन्द फिर्ता लिएको जनाइएको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार