आठ सय परिवारलाई विउ वितरण

आइतबार, १७ मंसिर २०८०
इलाम : इलाम नगरपालिका वाड न ८ ले कृषकलाई व्यवसायीक तरकारी खेतीमा टेवा पुर्याउने उदेश्यले आठ सय जना कृषकलाई बेमौसमी तरकारीको विउ वितरण गरेको छ । वडा कार्यालयको आर्थिक सहयोगमा शेर्पा मल्टी टे«निङ् सेन्टर प्राली इलामले गरेको बेमौसमी तरकारी खेती तालिम तथा उन्नत जातको विउ विजन वितरण कार्यक्रम आयोजना गरेर कृषकको माग अनुसारको तरकारीको विउ वितरण गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष दलमान तामाङले वडाबासीलाई कृषिमा व्यवसायीक बनाउन विउ वितरण गरेको बताए । वडाले गत बर्ष पनि स्थानीय कृषकहरुलाई तालिम सञ्चालन गरेको थियो । आयोजक टे«निङ् सेन्टरका प्रमुख लासाङ शेर्पाले वडाले कृषि क्षेत्रमा निरन्तर रचनात्मक काम गरिरहेको बताए ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार