नेपाल सुपर लिग : स्पोर्टिङ इलाम र एफसी बुटवल भिड्दै

आइतबार, १७ मंसिर २०८०
इलाम, मंसिर :  नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा दुवै टिमको यो तेस्रो खेल हो । स्पोर्टिङ इलाम यसअघि पहिलो खेलमा काठमाडौं रेजर्ससँग १–० ले पराजित हुँदा दोस्रो खेलमा झापा एफसीलाई १–० ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा धनगढी एफसीसँग १–० ले र दोस्रो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २–० ले पराजित भएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका ५ः३० बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् । एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ २०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार