इटहरीका वरिष्ठ शिक्षासेवी लेखनाथ घिमिरेलाई नगरिक अभिनन्दन गरिने भएको छ ।
घिमिरेले इटहरीमा रहेर लामो समयदेखि शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै नागरिक अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए ।
माघ २७ गते आयोजना हुने अभिनन्दन कार्यक्रमलाई सव्य तथा भव्य बनाउन विभिन्न उपसमितिहरु समेत बनाइएको छ ।
प्रचर प्रसार उप समिति द्वारा इटहरीमा आयोजित कार्यक्रममा बोल्दै मूल समारोह समितिका अध्यक्ष पौडेलले इटहरीको इतिहास निर्माणको यात्रामा रहेको उल्लेख गर्दै इटहरीको भाषा संस्कृति, इटहरीका समाजसेवी लगायतलाई परिचीत गराउन कार्यक्रमको भुमिका अहम हुने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै प्रचार प्रसार उपसमिति संयोजक अमर खड्काले उप समितिमा इटहरीबाट संचालित सबै खालका मिडियामा काम गर्ने पत्रकारहरुलाई बिभाग छुट्याएर जिम्मेवारी दिइएको उल्लेख गरे ।
प्रचार प्रसारलाई व्यवस्थित र सव्य बनाउने पुर्व तयारी स्वरुप कार्यक्रमको आयोजना गरिएको नागरिक अभिनन्दन मूल समारोह समितिकि कोषाध्यक्ष शुभद्रा प्याकुरेलले जानकारी दिइन्
समितिले उदाहरणीय कामको थालनी गरिएको भन्दै आउँदा दिनमा पनि यस्ता कार्यले निरन्तरता पाउने उल्लेख गरेको छ ।
प्रतिक्रिया