सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न निर्देशन दिइसकेँ : गृहमन्त्री लामिछाने

बुधबार, २७ पुस २०७९
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् । नेकपा एमालेबाट निर्वाचित फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको गृहमन्त्री लामिछानेले बताएका हुन्  । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा सांसद महतो प्रतिनिधिसभा बैठकमा सहभागी भइ प्रधानमन्त्रीको पक्षमा मत दिएका थिए । उनले भने, ‘मैले संसदमा देखिन । पछि सञ्चार माध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिइसकेको छु ।’ मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार