चिसोले विपन्न बस्तीको जनजीवन कष्टकर बन्दै

विहीबार, १९ पुस २०८०
पूर्वी नवलपरासी- चिसो बढ्दै जाँदा विपन्न बस्तीमा जनजीवन कष्टकर बन्दै गएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको मुसहर बस्तीका नागरिकलाई बढ्दै गएको चिसोले चिन्ता थपिंदै गएको छ । जाडोमा लगाउनको लागि न्यानो कपडा मात्रै होइन पेटभरी खाने अन्न समेत नभएको देवचुली २ का शान्ती मुसहर बताउनुहुन्छ । चिसो बढ्दै जाँदा शान्तिको चिन्ता पनि बढ्दै गएको छ । चिसोमा लगाउने न न्यानो कपडा छ । न ओड्ने, ओछ्याउने । जसले गर्दा दैनिकी कष्टकर बन्दै गएको शान्ति बताउछिन । बिहान बेलुका मजदुरी गरेर जिविका चलाउने यो समुदायले अहिले सजहै काम पाएका छनैन् । जसले गर्दा दैनिकी नै कष्टकर बन्दै गएको उनीहरु बताउछन् । देवचुली नगरपालिका वडा नम्बर २ मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन् । दैनिक ज्याला मजदुरीबाट गुजरा गर्ने करिब ३० घर मुसहर बस्तीमा जाडो महिना पीडा बोकेर आउँछ । विपन्न मुसहर समुदायका लागि चिसो मौसम निकै कष्टकर हुन्छ । ओढ्ने र न्यानो कपडा अभावमा यी बस्तीमा उनिहरुका लागि जाडो प्रकोप बनेर आउने गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार