अस्तव्यस्त बिपी- चिकित्सकहरुको आन्दोलनले विद्यार्थीको भविष्य अन्योल-मेयर हर्क साम्पाङले आफैँले लगाए ताला

सोमबार, ०१ माघ २०८०
निशा राई धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पढाई अवरुद्ध भएको भनी विद्यार्थीहरू आन्दोलित भएको छन् । पछिल्लो समय विपी प्रतिष्ठानमा विगत ६ वर्ष देखि बढुवा प्रक्रियाको रोकिएको भन्दै शिक्षक, चिकित्सकहरू आन्दोलित भइरहँदा पठनपाठन समेत बन्द गरेकोले विद्यार्थीहरूको भविष्य अन्योल भएको भन्दै सोमबार विद्यार्थीहरूले भिसी कार्यालय अगाडी आन्दोलन गरेको छन् । शिक्षक, चिकित्सकहरूले अन्तर्वार्ता सुचारु नभएको भनी गत आइतबार देखि विपी प्रतिष्ठानको ओपिडी सेवा, विद्यार्थीहरूको पठनपाठन बन्द गरी शिक्षक, चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि विद्यार्थीहरू समेत आन्दोलनमा उत्रिएको हुन । पटक–पटकको आन्दोलनले विद्यार्थीहरूको पढाइमा अवरुद्ध आउनुका साथै तेस्रो सेमेस्टरमा पुगेको विद्यार्थीहरूको पढाई, प्राक्टीकल र सो भन्दा अगाडी गर्नुपर्ने सिभिल नै सुरु नभएकोले तेस्रो सेमेस्टरको क्लिनिकल नै गर्न नपाएको विद्यार्थी कल्याण समाजको अध्यक्ष डा.ओम शान्ति रजतले बताए । विपी प्रतिष्ठानमा भएको समस्या के, कसरी हुन्छ छिटै समाधान गरी पठनपाठन सुचारु गर्नुपर्ने माग राखी भिसी कार्यालय अगाडी सिम्बोलिक आन्दोलन पढेर गरेको विद्यार्थी कल्याण समाजको अध्यक्ष डा.रजतले बताए । पहिलो चरणको आन्दोलन भएकोले सिम्बोलिक आन्दोलन गरेको हो यो आन्दोलन पश्चात् पढाई सुचारु नभए बिपीमा प्रतिष्ठानमा करिब १५ सय विद्यार्थी रहेको छ ती सबैले मिलेर कडा आन्दोलन गर्ने उनले भने । जे, जसरी र जे जसको लागी आन्दोलन भए पनि यसको सबैभन्दा बढी प्रत्यक्ष अप्रत्यक्ष रूपमा विद्यार्थीहरूलाई असर परेकोले यसलाई सम्बन्धित निकायहरूले बुझ्नुपर्ने विद्यार्थी जेसिदार शाहले बताए । विद्यार्थीहरू भनेको देशको सम्पत्ति पनि हो यसरी नेपालको विभिन्न दुर्गम ठाउँ हुम्ला, जुम्ला, तराई, छिमेकी देश भारत लगायतबाट पढ्न आएका विद्यार्थीहरूको समय, लगानी, सपना सबै नै बरबाद भइरहेको उनले बताए । यसले भविष्यमा विद्यार्थीलाई मात्र होइन देशलाई नै असर गर्ने विद्यार्थी शाहले बताए । विपी प्रतिष्ठानमा जस्तो सेवा, सुविधा तथा पढाई नेपालमा अन्य कहीँ नभएकोले यसलाई जोगाउन यहाँको सम्बन्धित आधिकारीहरूको दायित्व रहेको अन्यथा विपी प्रतिष्ठान पनि नेपालमा इतिहास मात्र हुने विद्यार्थीहरूले बताएका छन् । मेयर हर्क साम्पाङले आफैँले लगाए ताला यसै बिच बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै  मेयर हर्क साम्पाङले  कायम मुकायम उपकुलपति प्रा.डा प्रह्लाद कार्कीको कार्यकक्षमा आफैँले ताला लगाएका छन् । बिपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगर्न र आवश्यक परेका बेला आफैँ आएर खोल्ने उनले बताए । बिपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङ सोमबार एक्लै मोटरसाइकल चढेर प्रतिष्ठानमा पुगेका थिए । उनी उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेर उपमहानगर कार्यालयमा फर्किए । गत कार्तिक २० गते धरान उपमहानगरपालिकाको मेयर  तथा विभिन्न राजनीतिक दलहरूको रोहवरमा पुस २ गते सुरु गरी १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीको सहमति लिई बाँकी रहेको अन्तर्वार्ता पूरा गर्ने सहमति भएको थियो । उक्त समय बितिसक्दा पनि सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुचारु नभए पछि केही दिन देखि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त रूपमा आन्दोलनमा गरिरहेकामा आईतबारदेखी पुनः ओपिडी सेवा र विद्यार्थीहरूको पठनपाठन बन्द गरेको हुन ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार