जहाज दुर्घटना:  फेला नपरेका सवको बिहानैदेखि खोजी गरिँदै

सोमबार, ०२ माघ २०७९
पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्। रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति खोजी कार्य रोकिएको थियो । आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ। खोज्ने क्रममा केही शब देखिएको तर उद्दारमा कठिनाई भैरहेको बताइएको छ । पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ। काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। चालक दलका ४ जना सदस्यसहित यति एयरलाइन्सको जहाजमा ७२ जना थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार