मन्त्रिपरिषद् विस्तार आजै, १ बजे नयाँ मन्त्रीहरूको शपथ

मंगलबार, ०३ माघ २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सत्ता साझेदार दलको सोमबार अबेरसम्म  बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ । जसपा, उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको माग सम्बोधन गर्नेबारे दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ । शपथ पछि चार बजे सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री  प्रचण्डले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न लागेका हुन् । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार