प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै छ ।
विश्वासको मत दिएका दलहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय भागबन्डामा सहमति जुटाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् । नवनियुक्त मन्त्रीलाई आजै शपथ खुवाउने शितलनिवासको तयारी छ ।
नेपाली काङ्ग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि प्रचण्ड अफ्ट्यारोमा परेका छन् । काङ्ग्रेसले पनि राष्ट्रपति अथवा शभामुख मध्य एक दावी गर्दै आएको छ ।
यता सत्तागठबन्धनमा भागबन्डा गर्दा राष्ट्रपती र शभामुख नै नेकपा एमालेको भागमा परेको छ ।
प्रतिक्रिया