सभामुखको निर्णय लिन कांग्रेस पदाधिकारी बैठक बस्दै

बुधबार, ०४ माघ २०७९
सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक  बस्दैछ । बुधबार (आज)  ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको  निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाइएको छ । बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने काङ्ग्रेसले जनाएको छ । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार