कर्णाली प्रदेशका मुख्य मन्त्री राजकुमार शर्माले विश्वासको मतपछी मात्रै सरकर विस्तार गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री शर्माले २७ पुसमा दुई जना विनाविभागीय मन्त्रीसहित नियुक्ति भएको भोलिपल्ट शपथ लिएका थिए ।
शर्माले आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका मंगलबहादुर शाही र नेकपा एमालेका विनोदकुमार शाहलाई विनाविभागीय मन्त्री बनाए । त्यसयता मन्त्रिपरिषद् विस्तार हुनसकेको छैन भबे विनाविभागीय मन्त्रीहरुले मन्त्रालय पनि पाएका छैनन् ।
सत्ता साझेदार दल एमाले र माओवादीबीच मुख्यमन्त्रीबाहेक बाँकी रहेका ६ मध्ये समान तीन/तीन मन्त्रालय लिने सहमति भएको छ । मन्त्रालयको संख्यामा भागबन्डा मिले पनि कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति जुटन सकेको छैन् ।
सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच कुरा नमिल्दा मुख्यमन्त्री शर्माले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको बताइएको छ ।
६ माघमा विश्वासको मत लिन लागेका शर्माले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको माओवादी केन्द्रका सांसद कृष्ण जिसीले बताएका छन् ।
प्रतिक्रिया