मिसेस वल्र्डमा शिर्ष उपाधिबाहेक अन्य सात उपाधि रहेकोमा आफुले ह्युमनिटेरियन जित्न सफल भएको पृथ्वीयाले बताएकी छिन् ।
‘निकै ठुलो प्रतिस्पर्धामा उत्रेर पनि नेपालको लागि यो उपधि दिलाउन सक्नुलाई मैले एउटा ठिलै सफलताको रुपमा लिएको छु । आउँदा दिनमा हामीले अझ तयारी गरेमा मिसेस वल्र्डको उपाधि जित्न पनि सकिन्छ ।’ पृथ्वीयाले भनिन् । उनी उपाधि सहित यसै साता नेपाल आउँदै छिन् ।
मिसेस नेपाल वल्र्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफुहरुको ठुलो सफलताको रुपमा लिएका छन्,‘मिसेस वल्र्डमा हामीले भाग लिएको यो दोश्रो पटक हो । दोश्रो पटकमै एउटा मुख्य अवार्ड हाँसिल गर्नु पनि नेपालका लागि गर्वको कुरा हो ।’ उनले भने ।
प्रतिक्रिया