लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

आइतबार, २१ माघ २०८०
बुटवल । लुम्बिनी प्रदेशमा आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार