निर्देशक चाम्सले यो चलचित्रमा धरानबासीहरुकै कथा ६०, ७० प्रतिशत भएको पनि बताए । साथै उनले धरानबाट अर्को नायक नितेस चाम्सको उदय भएको र उनको कामको प्रशंसा भइरहेको पनि बताए ।
‘यो फिल्ममा ६०, ७० प्रतिशत त धरानको कथा भन्दा पनि फरक नपर्ला । धरानबाट नै अर्को नायक उदय भएको छ, उहाँ व्यवसायिक पाइलट पनि हो, कामको प्रशंसा पनि भएको छ । यो फिल्म सबैले हेरिदिनुपर्छ,’चाम्सले भने ।
लिसेस्ट स्क्वायरमा प्रिमियर हुने बेला यो चलचित्रलाई बेलायती प्रधानमन्त्री ऋषि सुनाकले शुभकामना पनि दिएका थिए भने विदेशी मिडियाहरुले पनि प्राथमिकताका साथ चर्चा गरेको थियो ।
हाल यो फिल्मलाई कोरियन काम्पनीले कोरियन भाषामा ७ बर्षको लागि लिइसकेको पनि निर्देशक चाम्सले बताए । यस्तै, अमेरिकन कम्पनीसँग पनि डिल भइरहेको र पछि उक्त कम्पनीले विश्वव्यापी वितरण गर्ने पनि उनले जानकारी दिए ।
प्रतिक्रिया