स्कारपियोको ठक्करबाट दिदीबहिनीको मृत्यु

विहीबार, ०३ फागुन २०८०
दाङ - दाङको देउखुरीमा स्कारपियोको ठक्करबाट एकैघरका दिदी( बहिनीको मृत्यु भएको छ । स्कारपियोले ठक्कर दिँदा साइकलमा सवार झिमरूक गाउँपालिका–१ प्युठान घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्ने ३५ बर्षीया राधा बस्नेत र उनकी बहिनी १६ बर्षीया विपना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए । उनका अनुसार बुधबार करिव सवा ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ गईरहेको प्रदेश नम्वर ३–०१–०२२ च–१३६९ नम्बरको स्कारपियोले सोही दिशातर्फ गइरहेको साइकललाई राप्ती गाउँपालिका–८ पिपरीमा ठक्कर दिएको थियो । स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएकी राधालाई उपचारका लागि लमही अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एंव प्रवक्ता मल्लले जानकारी दिए । बहिनीलाई सिसहनियामा प्रारम्भीक उपचारपछि थप उपचारका लागि क्रिमसन अस्पताल रुपन्देही पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए । उक्त सवारी साधन नियन्त्रणमा लिईएको र स्कारपियो चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार