श्री एयर लायन्स विराटनगरका सुनिल सुवेदी, आकाश इन्स्टिच्युटका प्रबन्ध निर्देशक सञ्चालक गोपाल निरौला, कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकाल, एक्सपर्ट एजुकेसनका भव तिम्सिना, मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलका रमेश निरौला, बिहानी पिलेट दाना, डिजिटल पेन्ट्सका किसन खनाल, मिराबल रिसोर्टका जनरल म्यानेजर दीपक थापा, महावीर प्यालेसका सञ्चालक नारायण पौडेल, पञ्चकोशी हेल्थ सर्भिसका सञ्चालक नवीन गौतम लगायत ब्यबसायीहरुलाई कदर पत्रसहित सम्मान गरिएको हो ।
यसैगरी, नवदृष्टि आँखा अस्पताल इटहरी, एडुटेक कलेज इटहरी,प्रिमा ग्यास उद्योग,इटहरी, गोरखा होटेल इटहरी,फेसन वर्ल्ड प्रालि, टर्मो एग्री हर्बो, आइटी कारखानाका सञ्चालक आरबि कटुवाललाई समेत सम्मान गरिएको थियो ।
प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले पत्रकारिताको श्री वृद्धिको लागि प्रदेश खबरलाई उद्योगी व्यवसायीहरूले देखाएको सम्मान र सद्भावको मूल्याङ्कन गर्दै कदर पत्र प्रदान गरिएको बताए ।
उद्योगी व्यवसायीहरूले गरेको सहकार्यको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सद्भाव काममै रहने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया