शुभकामना फुटवेयर इन्ड्रष्ट्रिज प्रालिले जुत्ता–चप्पल मेला लगाउने प्रशासनको अनुमति लिएर मेला सुरुवात गर्न लागेको भएपनि इटहरीका व्यापारीहरूले स्थानीय व्यापार मर्ने भन्दै मेला सञ्चालनमा अवरोध गरेका थिए ।
स्थानीय ब्यापारीको अवरोध पश्चात् इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले समेत मेला स्थगित गर्न आदेश दिएका थिए ।
आयोजक समितिका अध्यक्ष, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका निवर्तमान अध्यक्ष नानीराज घिमिरे,मेला संयोजक होमनाथ उपाध्याय र उवा सङ्घका पदाधिकारी रेडिमेड ब्यावसायी संघ इटहरीबीच आज वार्ता भएको थियो ।
उद्घाटन नगरिएको भए पनि शुक्रवारबाटै जुत्ता चप्पल किन्ने ग्राहकहरूको भने मेलामा भीड लाग्न थालेको छ ।
पन्ध्र प्रतिशत देखि ५० प्रतिशत सम्म छुट भएका कारणले पनि ग्राहकहरूको मेलामा आकर्षण भएका हुन ।
प्रतिक्रिया