धरान एक्स्पो : आज गायक दीपक बज्राचार्यको प्रस्तुति

शनिबार, १२ फागुन २०८०
धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० को दोस्रो दिन आज गायक दीपक बज्राचार्य प्रस्तुति गर्ने भएका छन् । फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न लागेका बज्राचार्यले आज ‘मायाको डोरीले’, ‘मन मगन’, ‘अल्लारे’ ‘रितु’ लगायतका गीत चर्चित गीतहरू पस्कने आयोजक समितिले बताएको छ । बज्राचार्य बाहेक एक्स्पोमा आज स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । सुनसरीको व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय स्टल अवलोकन गर्न सकिनेछ । १३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १६ करोड बढीको कारोबार हुने र तीन लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार