मोरङको केराबारी १० मा रहेको फेवा सेकेण्डरी बोर्र्डिंङ स्कुलले बिहिबार एक कार्यक्रम गरी नेपालका चर्चित हास्य विधाका कलाकार सुवोध गौतम सहित पत्रकार साहित्यकार र नृत्यकारहरुलाई सम्मान गरेको छ ।
विहिबार सरस्वती पूजाको अवसरमा आयोजना गरेको फेवा सिंगिङ एण्ड डान्सिङ आइडलको ग्राण्ड फिनाले कार्यक्रममा हास्य विद्यामा ख्याती कमाएका राष्ट्रिय कलाकार सूवोध गौतम सहित एक एक पत्रकार साहित्यकार सम्मान गरेको हो ।
विद्यालयको सास्कृतिक कार्यक्रममा आएका गौतमले नेपाली हास्य विधा र नेपाली कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गौतमलाई सम्मान गरिएको हो । त्यसैगरी कार्यक्रममा विगत १७ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर सूचना संञ्चार माध्यम मार्फत केराबारीको विकासमा पुर्याएको योगदानको उच्च मूल्याङकन गर्दै उद्घोष दैनिकका सम्बाददाता समेत रहेका उज्यालो प्रदेश अनलाइनका सम्पादक तथा पत्रकार महासंघ प्रदेश १ का प्रदेश परिषद सदस्य किशन शाहीलाई दोसल्ला प्रमाण पत्रसहित विद्यालयले सम्मान गरेको छ ।
त्यसैगरी केराबारीमा रहेर लामो समय सम्म साहित्य क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकार युवराज ठकुरीलाई पनि विद्यालयले सम्मान गरेको छ । साहित्य र पर्यटन क्षेत्रमा ठकुरीले खेलेको भूमिका र विद्यालयलाई पुुर्याएको योगदानको उच्च मूल्याङकन गर्दै जेफाले सृजना डबलीका परिकल्पनाकार तथा कार्यक्रम प्रस्तोता ठकुरीलाई सम्मान गरेको हो ।सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवंम प्रदेश १ प्रदेश सभा सदस्य माननिय खड्ग वहादुर वस्नेतले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नृत्य प्रशिक्षक राजु बस्नेत मेघा फोटो स्टुडियोका प्रो.फोटोग्राफर लक्ष्मण ठाकुर सहित संगितकार तथा गायक रमेश सूवेदी,संगितकार चन्द्र भट्टराईलाई विद्यालयले प्रशंसा तथा कदर पत्र प्रदान गरेको छ । कार्यक्रममा प्रवासमा रहेर पनि विद्यालयको कार्यक्रमलाई माया गरेर प्रतियोगिहरुलाई प्रोत्साहन स्वरुपम वाध्य वाधन सामग्री सहित कार्यक्रम व्यवस्थापनमा सहयोग पु्रयाउँने विद्यालयका पूर्व शिक्षक पूर्व विद्यार्थीहरुको अनुपस्थितीमा उहाँहरुको आफन्तलाई कदर तथा प्रशंसा पत्र सहित नवराज श्रेष्ठ,ललित लम्जेल,शिवकुमार मगर,कर्ण मगरलाई कदर पत्र प्रदान गरिएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश चेम्जोङको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुमन मगर, निवर्तमान उपाध्यक्ष शान्ति लिम्बू भूजेल ,विभिन्न वडाका वडाध्यक्ष,खदम क्याम्पस प्रमुख टेकवहादुर थपलिया लगायत विभिन्न विद्यालयका प्रअ प्रतिनीधि सामाजिक संघसंस्था विद्यालयका शेयर सदस्य लगायत दर्जनौंको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया