पाथीभरा मन्दिरमा जिसस महासङ्घ कोसी प्रदेश समितिको बैठक बस्ने

बुधबार, १६ फागुन २०८०
ताप्लेजुङ : आस्थाको धरोहरका रूपमा लिइने पाथीभरामा जिल्ला समन्वय समिति महासङ्घ कोसी प्रदेश समितिको बैठक बस्ने भएको छ । पाथीभरा मन्दिरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गराउन पनि सो स्थानमा बैठक बस्न लागेको हो । फागुन ३० समितिको पाँचौँ बैठक बस्ने भएको हो । ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरमा बैठक बस्ने जनाइएको छ । पाथीभराको महिमा र गरिमा बढाउन तथा पाथीभरा यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य भएका कारण पनि सो स्थानमा बैठक बस्न लागिएको महासङ्घको कोसी प्रदेश समिति उपाध्यक्ष तथा ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जानकारी दिए । यसअघि घनेन्द्र मादेन जिसस प्रमुख भएका बेला प्रदेश १ का जिल्ला समन्वय समिति प्रमुखहरूको बैठक पनि पाथीभरा मन्दिरमै बसेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार