इलाम/ दादुरा-रुवेला विरुद्धको खोप अभियान सुरु भएको छ । इलाम सहित ७५ जिल्लाका आइतबार खोप अभियान सुरु भएको हो । आइतबारबाट सुरु भएको अभियान चैत २ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
दादुरा-रुबेला विरुद्धको खोप अभियानमा सबै बालबालिकालाई समेट्ने लक्ष रहेको छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले अभियानको शुभारम्भ गरे ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख राईले खोप अभियानमा कोही पनि छुट्न नहुने भन्दै अनिवार्य रूपमा खोप लगाउन उनको आग्रह छ ।
इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी लिम्बू (दाहाल) को अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख आदित्य शाक्य, इलाम अस्पतालका प्रमुख डा. प्रभु शाह, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरी बहादुर थापासहित सञ्चारकर्मीहरूको उपस्थितिमा अभियानको शुभारम्भ गरिएको थियो ।
इलाममा १७ हजार सात सय २२ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाउने तयारी रहेको छ ।
९ महिनादेखि ५ वर्षमुनि उमेर समूहका बालबालिकालाई सो खोप लगाइने बताइएको छ ।
खोप अभियानका लागि जिल्लाभर ९३ स्वास्थ्य संस्थाका चार सय २४ खोप तीन सय जना स्वास्थ्यकर्मी र आठ सय ४८ जना स्वयंसेवक परिचालन गरिएको छ ।
प्रतिक्रिया