इलाम-२ को उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

मंगलबार, २९ फागुन २०८०
विराटनगर / सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपचुनावमा भाग लिने निर्णय गरेको छ ।
पार्टी मुख्यालय बालाजुमा बसेको केन्द्रीय समिति बैठकले आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपचुनावमा भाग लिने निर्णय गरेको हो ।
तर प्रदेश सभामा बझाङ-१ को उपचुनावमा भने पार्टीले भाग नलिने निर्णय गरेको पार्टीका महामन्त्री डा.मुकुल ढकालले जानकारी दिए ।
त्यसै गरी बैठकले उपचुनाव प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सरकारको कामबारे समीक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीको मन्त्रीहरूसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्ने निर्णय पनि गरेको छ ।
पार्टीलाई सरकार, संसद् र सङ्गठनमा बलियो बनाउन सहयोगी टिमहरू गठन गरेर अघि बढ्ने निर्णय पनि गरेको महामन्त्री ढकालले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार