तीन प्रदेश प्रमुख पदमुक्त

बुधबार, ३० फागुन २०८०
काठमाडौं । तीन वटा प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन् ।मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्ण गरेको थियो । सरकारले गरेको सिफारिस अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम तीन प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार