मरब क्याम्पसका संस्थापक प्रमुख डा.खगेन्द्रनाथ शर्माको निधन

विहीबार, ०१ चैत्र २०८०
  इलाम चैत्र / इलाम सदरमुकाममा सञ्चालित महेन्द्र रत्न बहुमुखी क्याम्पसका संस्थापक (प्रमुख) डा.खगेन्द्रनाथ शर्माको मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको हो । काठमाडौँमा बसोबास गर्दै आएका ९० वर्षीय शर्माको आज बिहान दुई बजेर पचास मिनेट जाँदा मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । सूर्योदय नगरपालिका ११, माघे स्थायी घर भएका खगेन्द्रनाथ २०१७ सालमा मरब क्याम्पसको संस्थापक प्रमुख हुन् । उनी २६ वर्षको उमेरका नै क्याम्पस प्रमुख भएको बताइएको छ । क्याम्पस सञ्चालन गर्न उनको ठुलो योगदान रहेको छ । उनले क्याम्पस स्थापना गर्नका लागि ४७ रोपनी जग्गा उपलब्ध गराएका थिए । भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले भारतकै अर्को एक विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । श्रीमतीको यस अघि नै मृत्यु भइसकेको जनाइएको छ । उनका दुई छोरा र एक छोरी रहेका छन् । उनको अन्त्येष्टि आज नै पशुपति आर्यघाटमा गरिने इलाम समाज काठमाडौँका सचिव राधेशयाम लेकालीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार