चितवन २ मा रवि लामिछानेको जित सुनिश्चित

विहीबार, ०८ मंसिर २०७९
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । यो समाचार तयार पार्दासम्म लामिछानेले २९ हजार २१६ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन् । अब गणना हुन बाँकी मतभन्दा रविले लिएको अग्रता धेरै भइसकेको छ । केही महिनाअघि मात्र बनेको रास्वपाले ५ ठाउँमा जितिसकेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार