मोरङको क्षेत्र नं ६(१) बाट माओवादी केन्द्रका नेता जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८२ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । आचार्यले १९ हजार ४५४ मत ल्याएर विजय भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाएकी छिन् ।
प्रतिक्रिया