फ्राइडे रिलिज अन्तर्गत आज बाट फिल्म ‘ह्यारीकी प्यारी’ प्रदर्शनमा आएको छ । जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्रले सकारात्मक ब्यापार गर्ने अपेक्षा गरिएको छ ।
फिल्म ‘ह्यारीकी प्यारी’ का २ वटा गीत चर्चामा छन् । ‘दम दम’ र ‘धरहरा हल्लियो’ बोलका दुवै गितलाई दर्शकले रुचाएका छन् ।
बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्देशक डा. कपिल रिजाल प्रस्तुतकर्ता रहेको फिल्ममा साम्राज्ञी जितु सँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय छ । फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ ।
फिल्ममा डा. भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौलाको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । फिल्मको पोष्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईमा गरिएको हो ।
प्रतिक्रिया