भोजपुरमा सुदन किराँतीको अग्रता कायमै, शेरधन राई २२ सय मतले पछि

विहीबार, ०८ मंसिर २०७९
भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीले २२ सय बढी मतको अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार सुदनले १४ हजार ७८२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेरधन राईले १२ हजार ५५८ मत प्राप्त गरेका छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराँती नै निर्वाचित भएका थिए। तर त्यो बेला एमाले र माओवादी एकता गरेर नेकपा गठन भएको बेला थियो। भोजपुरमा लामो समयदेखि नै यी प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धा हुँदै आएको छ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार