चलचित्र ‘फुलबारी’ निर्माण युनिटले पुर्वको बसाइ उपलब्धिमूलक बनेको बताएको छ । चलचित्र प्रचारका लागि पुर्व आएका निर्माण टिम तथा कलाकारहरुले पुर्वको बसाइ उपलब्धिमूलक भएको उल्लेख गरेका हुन् ।
"पुर्व मेरो घर पनि हो यहाँ आउदा घर आएको जस्तो महशुस हुन्छ । त्यस्मा पनि पुर्वका दर्शकले हामीले बनाएको चलचित्रलाई रुचाउने गरेका छन्" चलचित्रका कार्यकारी निर्मार्ता मणिराम पोखरेलले भने ।
फागुन – ५ गते रिलिजको तयारी रहेको चलचित्र ‘फुलबारी’को प्रचारप्रसारका लागि निर्माता तथा कलाकार मनिस ढकाल, कार्यकारी निर्माता मणिराम श्रेष्ठसंगै गायक तथा सङ्गितकार कालिप्रसाद बास्कोटा, अभिनेता बिपिन कार्की, अभिनेत्री प्रियङ्का कार्की,शिल्पा मास्के पुर्व आएका थिए ।
छोरीलाई जन्म दिएपछी पून: चलचित्रमा फर्किएकी अभिनेत्री प्रियङ्का कार्कीले चलचित्र चल्न सुपर स्टार मात्र भएर नपुग्ने उल्लेख गरिन् । "चलचित्र सफल बन्न कन्टेन राम्रो चाहिन्छ र दर्शकले खोजेको कन्टेन ‘फुलबारी’ मा छ"अभिनेत्री कार्कीले भनिन् ।
‘कबड्डी’ फेम्ड निर्देशक राम बाबु गुरुङले निर्देशन गरेको ‘फुलबारी’ को ट्रेलर र गीतलाई दर्शकले रुचाएका छन् । ‘फुलबारी’ले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा बोलेको छ । यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता मनिस ढकाल हुन् ।
चलचित्रमा विपिन कार्की, अरुणा कार्की,दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिस ढकाल, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।
प्रतिक्रिया