आक्रमणमा परेर खाद्य सामग्री वितरण गर्न गएका ७ जना स्वयंसेवकको मृत्यु

मंगलबार, २० चैत्र २०८०
काठमाडौं। गाजामा राहत वितरण गर्न खटिएका ७ जना स्वयंसेवकको इजरायलको आक्रमणमा परेर मृत्यु भएको छ। प्राकृतिक प्रकोप तथा मानवीय संकटको बेला खाना वितरण गर्ने अमेरिकाको एक एनजीओ वर्ल्ड सेन्ट्रल किचेन (डब्लुसीके) ले इजरायली सेनाको आक्रमणमा परी आफ्ना ७ सदस्यको ज्यान गएको जानकारी गराएको हो। मृत्यु हुनेमा अष्ट्रेलिया, प्यालेस्टाइन, पोल्याण्ड, बेलयात तथा अमेरिका–क्यानडाका नागरिक रहेको डब्लुसीकेले जनाएको छ। अलजजिराका अनुसार सबै स्वयंसेवक विवादित क्षेत्रमा डब्लुसीकेको लोगो अंकित २ गाडीमा सवार थिए। सो टोलीले इजरायली सेनासँगको समन्वयमा समुद्री रुट हुँदै ल्याएको १०० टन भन्दा बढि खाद्य सामग्रीलाई देर अल–बालाहस्थित एक गोदाममा झारेको थियो। राहत राखेर फिर्किने क्रममा उनीहरु सवार गाडीमा इजरायलले हवाई आक्रमण गरेको बताइएको छ । बीबीसीका अनुसार उनीहरुले डब्लुसीके अंकित बुलेटप्रुफ ज्याकेट लगाएका थिए। इजरायलले भने सो घटनाको विस्तृत समीक्षा गरिरहेको बताएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार