इटहरी -सुनसरीको इटहरीमा यु.के. परामर्शदाताहरूलाई तालिम सम्पन्न भएको छ ।
२०८० साल चैत्र २० गते पूर्वमा रहेका शैक्षिक परामर्शदाताहरूका लागि यु.के.का लागि परामर्शकर्ताहरूलाई तालिमको आयोजना गरिएको ई-क्यान पूर्वाञ्चलका अध्यक्ष रवीन्द्र निरौलाले जानकारी दिए ।
यु.के.मा विद्यार्थीहरू अध्ययनका लागि पठाउँदै आएका कोशी प्रदेशका शैक्षिक परामर्श दाताहरूको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको बताइएको छ ।
नेपाल शैक्षिक परामर्श सङ्घ (ई-क्यान) पूर्वाञ्चलले होटेल पाथीभरामा भएको तालिममा यू.के.का लागि वि.पी.पी. युनिभर्सिटी लन्डनका प्रतिनिधि प्रशिक्षकद्वय डा. दीपक खड्का तथा तरन्जित सिंहले प्रशिक्षण दिएका थियो ।
उक्त कार्यक्रममा ई-क्यान केन्द्रका सह कोषाध्यक्ष विकल्पराज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त तालिममा ४० वटा भन्दा बढी शैक्षिक परामर्श व्यवसायीहरूबाट ५० भन्दा बढीको उपस्थिति रहेको थियो ।
सचिव दुर्लभ कार्कीले कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यक्रमको औचित्य माथि ई-क्यान पूर्वाञ्चलका निवर्तमान अध्यक्ष प्रकाश लकान्द्रीले प्रकाश पारेका थिए भने तालिम संयोजक गोपाल निरौलाले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रमबाट यु.के.मा विद्यार्थीहरू पठाउनका लागि भाषा तयारी सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गराइएको उल्लेख गर्नुका साथै आगामी दिनमा पनि यस्तै प्रकारका कार्यक्रमहरूको आयोजना गर्दै शैक्षिक परामर्श व्यवसायीहरूको सर्वाङ्गीण विकास गराउने उद्देश्य रहेको भन्दै कार्यक्रमको समापन पूर्वाञ्चल ई क्यानका अध्यक्ष रवीन्द्र निरौलाले गरेका थिए ।
पूर्वमा ५० भन्दा धेरै शैक्षिक परामर्शदाताहरूको संलग्नता ई क्यान पूर्वाञ्चलमा रहेको हुँदा यु.के जाने विद्यार्थीको शैक्षिक अवस्था, शिक्षण विधि, शैक्षिक स्तर, नेपाल तथा यु.के.मा गर्नुपर्ने प्रक्रिया लगायतका विषयमा जानकारी गराउँदै परामर्शदाताहरूको क्षमता वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले ई-क्यान पूर्वाञ्चलले यस्ता खालका तालिमको आयोजना गर्दै आएको बताइएको छ ।
प्रतिक्रिया