नर्सिङ कलेजको साढे ५ तलाबाट हाम फालेकी छात्राको मृत्यु

शुक्रबार, २३ चैत्र २०८०
दोलखा - सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेकी छात्राको मृत्यु भएको छ। भवनको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेर गम्भीर घाईते बनेकी करुणा अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएकी अधिकारीलाई उपचारका लागि काठमाडौं पुयाईएको थियो। उपचारको क्रममा भक्तपुरस्थित मध्यपुर अस्पतालमा राति १२ः३० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाका ईन्सपेक्टर जीवन श्रेष्ठले जानकारी दिए। पोखराकी घर भएकी अधिकारी कलेजमा पिसिएल नर्सिङको पहिलो वर्षमा अध्ययनरत थिईन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार