झापा क्षेत्र नं ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् ।
उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए । थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् ।
साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएकी खुश्बु ओलीले ५ हजार १० मत ल्याएकी छन् ।
प्रतिक्रिया