जसमध्ये १ सय ९६ जना पुरुष तथा ३ सय उन्नाइस जना महिला रहेको नवदृष्टि आइका वरिष्ठ नेत्र विशेषज्ञ डा. विजय गौतमले बताए । शिविरमा ४५ जना मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गरिएको थियो । बिरामीहरूलाई शिविरमै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
शिविरका लागि इटहरी स्थित नवदृष्टिबाट तेह्र जना नेत्र विशेषज्ञ सहितको टोली र फेमिली केयर अस्पताल खोटाङका डा.के.के राई सहितको टोली संलग्न भएको थियो ।
शिविर समापनको अवसरमा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका नगरप्रमुख तीर्थराज भटराई,उपप्रमुख बिसन राई समेतले यसरी ग्रामीण क्षेत्रमा आएर सर्वसाधारणलाई सेवा प्रदान गरेको भन्दै आभार प्रकट गरेका थिए ।
प्रतिक्रिया