अंग्रेजीमा इम्बोड नम्बर प्लेट अनिवार्य गर्ने विभागको सूचनामाथि सर्वोच्चको रोक

मंगलबार, २७ माघ २०८२

काठमाडौं । सर्वोच्च अदालतले सवारीसाधनमा अंग्रेजी भाषाको इम्बोड नम्बर प्लेट अनिवार्य गर्न यातायात व्यवस्था विभागले जारी गरेको सूचनामाथि रोक लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले विभागको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

०८२ साल भदौ ३ गते विभागले इम्बोड नम्बर प्लेट अनिवार्य गर्न सूचना जारी गरेको थियो । तत्कालीन भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेपछि अधिवक्ता रामबहादुर राउतले सर्वोच्चमा रिट दिएका थिए ।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले विभागका नाममा अन्तरिम आदेश जारी भएको जानकारी दिए । सर्वोच्चको आदेशमा उल्लेख छ, “सुविधा र सन्तुलनको दृष्टिकोणबाट समेत भौतिकमन्त्रीज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णय र यातायात व्यवस्था विभागको सूचना कार्यान्वयन नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरिएको छ ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार